बेलायतमा अहिले पनि संक्रमण दर उच्च , युरोपका कतिपय भागमा लकडाउन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर ८ गते।  

तीनवटा कोरोनासंक्रमणको लहर पार गरिसकेको बेलायतमा अहिले पनि संक्रमण दर उच्च छ ।

बेलायतमा कुल संक्रमितको संख्या झन्डै एक करोड पुग्न लागेको छ । मंगलबारसम्मको तथ्यांक अनुसार यहाँ ९९ लाख ३२ हजार ४०८ जना संक्रमित भइसकेका छन् ।

चिसोको प्रभाव बढ्दै गएपछि युरोपका कतिपय भागमा लकडाउन सुरु भइसकेको छ भने अन्य भागमा पनि लकडाउन हुने सम्भावना बढेको छ । विशेषगरि पश्चिमी युरोपमा संक्रमणको प्रभाव अत्यधिक बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले यसअघि नै युरोप कोरोना संक्रमणको केन्द्रविन्दु बन्ने चेतावनी दिइसकेको छ ।

अष्ट्रियाले २२ नोभेम्बरबाट राष्ट्रिय लकडाउनको घोषणा गरिसकेको छ । लकडाउन जारी गर्ने मुलुकमा अष्ट्रिया युरोपकै पहिलो मुलुक बनेको छ । कम्तिमा १० दिनको लागि जारी गरिएको लकडाउन २० दिनसम्म लम्बिन सक्ने अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *