जनता र प्रहरीको समबन्धले शान्ति सुरक्षा व्यवस्था कायमै रहने : प्रहरी उपरीक्षक पाण्डे

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,मंसिर ८ गते।

पर्साबाट सरुवा भएका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डेलाई  अलौ बासिन्दाले  सम्मान तथा विदाई गरिएको छ ।

प्रहरी उपरीक्षक पाण्डेको पर्सावाट  प्रहरी कार्यालय  प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा व्यवस्थापन महाशाखा नक्साल काठमाण्डौमा सरूवा भएको छ।

कार्यक्रममा बोल्दै युवा नेता संजु छतकुलीले वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ टोलको बासिले प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनतासंग सहकार्य गरि शान्ति सुरक्षा आफ्नो अवधि भरि राम्रो कायमै  गरेको हुनाले हामी सबै टोलबासिले सम्मान गरि बिदाई गरेको बताउनुभयो । 

त्यसै गरि बुथ सभापति शिवम् लामिछाने उहाले सिधै जनता संग सरोकार राखि सरहानिय काम गरेको बताउनुभयो । लामिछानेले यसरीनै सहकार्य गरि  आउने दिनमा प्रहरीले काम गरे  भन्ने समुदायमा प्रहरीलाई सम्मान हुनेछ।

छतकुलीले कार्यक्रम सम्पन्न गर्दै प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेलाई दोसल्ला ओढाई , फूलमाला पहिर्‍याई  बिदाई गरेको हो ।

पर्सा जिल्लामा रहेर पर्सेली जनताको शान्ति सुरक्षा सदभाव सेवा र उत्थानमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौले बिदाई गरेको जानकारी दिनु भयो ।

उक्त  सम्मान तथा  विदाई कार्यक्रममा नेपाल काग्रेसका वडा नम्बर १७ अलौका सभापति शिवम लामिछाने ,प्रदेश २ (ख) का  सभापति  शैलेन्द्र उपध्याय समाजसेवी दिपक बस्नेत , नेकपा संस्कृतिक महासंघका केन्द्रीय सदस्य दिनेश चौहान ,  सञ्चारकर्मी  शेखर छतकुली सहितको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *