अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस १३ गते।
सोमालियाका प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको छ ।
रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन समेत विफल भएको आरोप लागेको सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले बताएका छन्।
उनका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो ।
यो सँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री रहनेछन् र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उनलाई निलम्बनमा राखिनेछ ।