अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १३ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।सुदुर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।