सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १५ गते।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *