अर्थमन्त्रीमा पुनः नेकपाका नेता जनार्दन शर्मा नियुक्त

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १५ गते।

अर्थमन्त्रीमा पुनः नेकपाका नेता जनार्दन शर्मा नियुक्त भएका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको हो ।

तत्कालीन अर्थमन्त्री शर्माले चौतर्फी विरोध सिर्जना भएपछि २२ असारमा राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि संसदीय छानबिन समितिले छानबिन अघि बढाएको थियो । तर, उनीमाथि दोषी ठहर गर्ने कुनै प्रमाण नभेटिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *