अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १५ गते।
आज पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६७ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ९७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७० हजार ०६२ पुगेको छ ।