अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १५ गते।
साफ यू-२० च्याम्पियनसिपमा नेपाल आफ्नो तेस्रो खेलमा आज भारतसँग खेल्दै छ । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७ : १५ बजे सुरु हुनेछ ।
यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ ।
नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । उता भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो ।
फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्वपूर्ण छ ।