अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २८ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।
अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ भने युरो एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९पैसा रहेको छ ।
पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५४ रुपैयाँ १७ पैसा र बिक्री दर १५४ रुपैयाँ ७०पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३४ रुपैयाँ ८७ पैसा र बिक्री दर १३५ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै आजको सुन र चाँदीको मूल्य यस प्रकार रहेको छ। सुन प्रति तोला ९७, ३०० तेजाबी सुन ९६, ८०० र चाँदी १,२२५ प्रति तोला रहेको छ।