विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ६ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.९५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.४१ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५०.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १५१.३५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३३.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५८ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *