भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १६ गते।

भारतीय आयल कर्पोरेसन आईओसीले फेरि डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ ।

बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *