डिजेल र मट्टीतेलको मूल्य ६ रुपैयाँले बढ्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।

डिजेल र मट्टीतेलको मूल्य ६ रुपैयाँले बढेको हो ।

बिहीबार साँझ निगम सञ्चालक समितिको बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

मूल्य वृद्धिसँगै प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ । निगमले पेट्रोल, ह्वाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावतै कायम गरेको छ ।

हाल प्रतिलिटर पेट्रोलको मूल्य १८१, हवाइ इन्धन (आन्तरिक) १९०, हवाइ इन्धन (बाह्य) १.६४५ डलर र एलपी ग्यास (प्रतिसिलिन्डर) १ हजार ८ सय रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *