अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ६ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।
जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ७४ पैसा र बिक्री दर १२७ रुपैयाँ ३३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।