सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १५ गते।

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *