आईसीसी टी-२० विश्वकपमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक १५ गते।

आईसीसी टी-२० विश्वकपमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

मंगलबार भएको खेलमा श्रीलंकाले १ सय १४५ रनको लक्ष्यलाई ९ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

श्रीलंकाका लागि धनन्जय डी शिल्भाले ४२ बलमा अविजित ६६ रन रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । कुशल मेन्डिसले २५, चरिथ असलंका र भानुका राजापाक्षले १८ रन जोडे ।

अफगानिस्तानका मुजिव उर रहेमान र रासिद खानले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनरहरु रहमानुल्लाह गुर्बाजले २८, उस्मान घानीले २७ रन बनाए । इब्राहिम जद्रानले २२, नजिबुल्लाह जद्रानले १८, कप्तान मोहम्मद नावीले १३ र गुल्बादिन नइबले १२ रन जोडे ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ३ तथा लहिरु कुमाराले २ विकेट लिए । कसुन रजिथा र धनन्जय डा शिल्भाले १-१ विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *