अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २९ गते।
सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।
आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महाहंसले जनाएको छ ।