सशस्त्र प्रहरी बलद्धारा इन्सपेक्टर र असई माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ७ गते।

सशस्त्र प्रहरी बलले इन्सपेक्टर र असई माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक  (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *