अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,पुस २७ गते।
स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडो प्रभावितहरुलाई कम्बल वितरण गर्ने कार्य निरन्तर जारी रहेको छ।
समाजसेवी महेश चौधरीले श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेका दिन उनले मासिक कार्यक्रमको घोषणा गर्दै निरन्तर समाजसेवा लागेका छन्।
कम्बल वितरण कै क्रममा लहान नगरपालिका वडा-१६ को बिकट बस्ती भसुवामा जेषठ नागरिक,अपांग,एकल महिला तथा असहायहरुलाई कम्बल वितरण गरेका छन्। ४० जना वृद्धहरुले कम्बल पाउदै वितरण गर्ने संस्था स्वर्गीय संगीता स्मृति प्रतिष्ठानका अध्यक्ष महेश चौधरीलाई धन्यवाद दिएका थिए। समाजसेवी महेश चौधरी जस्तो मनकारीलाई लहानको मेयर बनाउनु पर्ने स्थानीयहरुले बताएका थिए।