चोरीको मोटरसाइकलसहित धनुषाबाट दुईजना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन ३ गते। 

चोरीको मोटरसाइकलसहित धनुषाबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज.१२ प. ०६ नम्बरको मोटरसाइकलसहित जनकपुरधाम उपमहानगरपालिका १९ मुसहरी टोल बस्ने २० वर्षीय सुमित मेस्तर र वडा नं. ४ बस्ने १९ वर्षीय सुजित कुमार महतो छन् ।

मेस्तर माघ २८ गते रातीको समयमा स्थानीय एक निर्माणधीन घरबाट मोटरसाइकल, पानी तान्ने मोटर र कल समेत चोरी गरी फरार भएका थिए ।

त्यस्तै महतोले माघ २८ गते दिउँसो जनकपुर उप(महानगरपालिका ४ स्थित जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालय अगाडीबाट ज ८ प ६२२ नम्बरको मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

दुबैजनामाथि चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको धनुषा प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *