धनुषामा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिडेका २१ जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन ४ गते। 

धनुषामा एमसीसीको विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिँडेका २१ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६ जना महिला र १५ जना पुरुष रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ

जिल्लाको मिथिला नगरपालिका वडा नं. १० लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा एमसीसीको विरोधमा नारा जुलूस लगाउँदै यातायात बन्द गराउँदै हिडेका विप्लवका केन्द्रीय सदस्य देवनारायण साहसहित २१ जना कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

एमसीसीको विरोधमा ६ दल र दुई मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेका थिए । धनुषामा बन्दको सामान्य प्रभाव परेको छ । पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस कम मात्रामा चलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *