अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता, चैत्र २८ गते।
सिरहाको लहान नगरपालिका-३ मा ज.स.पा बाट वडा सदस्यमा निर्वाचित गनीता महतो लगायत ५० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरिएका छन्। जसपा पार्टीले कार्यकर्ताहरुलाई बाईकाठ गर्दै वास्ता नै गरी कार्यक्रमहरु गर्न लाग्दा दुखी भएर अर्को राजनिती दल रोजेको स्थानीय गनिता महतो बताईन।
चुनावको मुखमा आएर जसपा प्रत्याग गरी काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने सिरहामा लहर नै चलेको छ्। मधेस आन्दोलनको उद्गग्म स्थल रहेको लहानबाटै जसपा पार्टीको जन्म भएको हो। अरु पार्टीको तुलनामा जसपा पार्टी संगठन लहानमा फितलो देखिएको छ्।
लहान ३ का वडा अध्यक्ष राम दियाल महतोको अध्यक्षतामा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो, भने लहान नगर अध्यक्ष रासलाल राय,वरिष्ठ नेता फुलेश्वर महतो, नेता रिजवान अन्सारी,मोहम्मद कमरुदीन,नेता अरुण केसी, विद्यार्थी नेता कपिल देव कुशवाहा लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि चौधरीका अनुसार काङ्ग्रेस पार्टीले नै देशमा हरेक परिवर्तनको समवाहक रहेको रहेको तर्क दिएका थिए।