अनलाईन न्युजपाटी धनगढी,समाचारदाता,चैत्र २८ गते।
हँसिया प्रहार गरी एक जनाको हत्या गरिएको छ। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार गरी श्रीमानको हत्या गरिएको हो। चुमा थापामगर (३२ वर्षीय) ले आफ्ना श्रीमान ४३ वर्षीय नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन्।
आइतबार राति १२ बजेको समयमा दुई जनाबीच (दम्पति) विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
हत्या पश्च्यात चुमा आफै प्रहरी कार्यालय पुगेकी छन्। थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल तर्फ जाँदा चुमा र नारायणबीच लामो समयदेखि विवाद रहेको प्रहरीले जनाएको छ।