अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख ९ गते।
सिटीइभीटीको परीक्षामा सहभागी दुईजना नक्कली परीक्षार्थी जनकपुरधाममा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको बह्रमपुरी गाउँपालिका वडा नम्बर–२ बस्ने २० वर्षीय लक्ष्मी नारायण झा रहेका छन् ।
सिटिइभिटी बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाको आधारमा दुबैजनालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मी नारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरी दुबैजना उपर शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।