अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २० गते।
जयनगरबाट जनकपुर आउने क्रममा रहेको नेपाल रेल्वेमा आगलागी भएको छ ।
बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।
बग्गीको सामान राख्ने र्याकमा राखेको एसिड पोखिएपछि धुवाँ निस्किन थालेको नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । धुवाँ निस्के पनि आगलागी हुन नदिएर तत्कालै नियन्त्रणमा लिइएको उनले बताए ।
यता, धनुषा प्रहरीले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।