अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २० गते।
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ ।
निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मटितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।
अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको हो ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो ।