रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार ९ गते।

रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै छ ।

भारतको नयाँदिल्लीबाट पर्यटन र रेल मन्त्रीले संयुक्त रुपमा विदा गरेको रेल जनकपुरधाममा विहीबार दिउँसो पौने २ बजे आईपुग्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनाए ।

जनकपुर रेल स्टेसनमा उनीहरुलाई स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।

तीर्थयात्रीहरु रात्रिवास बसेर शुक्रवार बसबाट भारतको सीतामढी जाने उनले बताए । रामायणमा वर्णन गरिएका सीतारामसित जोडिएको पवित्र स्थलहरुको दर्शन भारत गौरव पर्यटक रेलले गराउने छ । पहिलो पटक सो रेल जनकपुरधाममा आइपुग्दा भव्य स्वागतको तयारी गरिएको छ ।मधेश प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले यात्रुहरुको स्वागतका लागि विशेष तयारी गरेको छ ।यात्रुहरुलाई स्वागत गर्न रेलवे स्टेशनमा प्रदेश सरकारका मन्त्री लगायत कर्मचारी, नगरवासी लगायतको उपस्थिति रहने मन्त्री शत्रुधन महतोले जनाए । ‘जनकपुरधामको पर्यटकीय विकासका लागि रामायण यात्रा कोसेढुंगा सावित हुनेछ’ उनले भने, यसले नेपाल र भारतबीचको सम्बन्धलाई समेत सुमधुर बनाउने छ । तीर्थयात्रुहरुलाई जानकी मन्दिर समेत यहाँका तलाउ, सरोवर, मठमन्दिर, धनुषाधाम लगायत रामायणकालीन स्थलहरुको दर्शन गराइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए । नेपालको एकमात्र जयनगर– जनकपुरधाम–कुर्था ३५ किलोमिटरको रेलसेवासुरु भएको तीन महिना भित्र नै भारतको अत्यन्त महत्वाकांक्षी पर्यटक रेल आउन लागेको छ ।नेपालमा एकसाथ पाँच सय बढी पर्यटक ल्याउने ‘भारत गौरव पर्यटक रेल’ पहिलो र एकमात्र सवारीसाधन बनेको छ । भारत सरकारको विशेष पहलमा सञ्चालनमा आएको सो पर्यटक रेलको प्रचारमा भारत–नेपालको रामायणकालीन स्थलहरुको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *