धनुषाबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १३ गते।

धनुषाबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेको छ ।

जनकपुरधामबाट भारततर्फ जाँदै गरेको बीआर ०६ एपी ३००८ नम्बरको कारमा सवार उनीहरुलाई विदेह नगरपालिका-१ महिनाथपुरबाट हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मुजफ्फरपुर ७ साहेबगञ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्जवल कुमार र २६ वर्षीय सञ्जय कुमार छन् ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *