अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १३ गते।
आज पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ ।