अनलाईन न्युजपाटी प्रिन्स मिश्र ,कपिलवस्तु,समाचारदाता,असार ३१ गते।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले प्रदान गर्ने उत्कृष्ट पत्रकारित पुरस्कार कपिलवस्तु टाइम्सका प्रधान संपादक अंकुश श्रीवास्तवलाई प्रदान गरेको छ ।शुक्रवार पालिकाको आठौं नगरसभा दोस्रो वैठक अवसरमा उत्कृष्ट पत्रकार र शिक्षकलाई सम्मान गरिएको हो ।
नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले नगरपालिकाको विकास र समृद्धको लागि ठुलो योगदान गरेकोले सम्मान गरिएको शाहले बताउनुभयो । उहाँले नगरको बजेट बारे सभाका सदस्यहरुलाई जानकारी दिदै हरेक क्षेत्रवाट पालिकालाइ उत्कृष्ट बनाउने आफुनो योजना रहेको बताउनुभयो ।