प्रचण्ड आज भारत भ्रमणमा जाँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३१ गते।

नेकपाका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमण जाँदै छन् ।

प्रचण्डको सचिवालयकाअनुसार उनलाई दिल्लीस्थित भाजपा मुख्यालयमा स्वागत गरिने छ । भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने छ । भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित शीर्षस्थ नेताको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे पनि समय निश्चित नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *