अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ३० गते।
हात्तीको दाह्रा ओसारपसारमा संलग्न फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम, जितपुर–१, झरनाचोक घर भई अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी बस्दै आएका २५ वर्षीय रमेश राई छन् ।
उनीहरूबाट १५.६८ किलो भएको दाह्रा बरामद गरेको थियो। अनुसन्धान तथा कारबाहीको लागि प्रहरीले उनीहरूलाई फागुन २९ गते डिभिजन वन कार्यालय हात्तीसार बुझाएको थियो।
यसमा अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेपछि सिआइबीले फरार रहेका राईको खोजी गरेको प्रहरी उपरीक्षक महतोले बताए।
सिआइबीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा राईलाई पक्राउ गरेको हो। उनलाई पनि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको छ।