कोरोना महामारीको संक्रमण दर बढिरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले धनुषाको आग्रह

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन ५ गते।

कोरोना महामारीको संक्रमण दर बढिरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले धनुषाले आग्रह गरेको हो ।

मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले विश्वव्यापी रुपमा साढे २ वर्षदेखि फैलिएको कोरोना महामारीबारे सतर्कता अपनाउन आग्रह गरेको हो ।

कोभिड-१९ को संक्रमण दर बढिरहेकोले मास्क लगाएर मात्र हिँड्न, विना कामको भिडभाडमा नजान, साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *