आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ५ गते।

आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *