अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ५ गते।
सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
बुधबार गृह सचिवस्तरीय बैठकले यस्तो निर्देशन दिएको हो ।
गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका गतिविधिहरु भइरहेको उल्लेख गरिएको छ ।
झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक विदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन गृहले भनेको छ ।