अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन १४ गते।
लागु औषध सहित २ जना धनुषाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ बस्ने २४ वर्षीय जिबस दास र जनकपुरधाम उप महानगरपालिका १६ कपिलेश्वर बस्ने १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाबाट खटेको गस्ती टोलीले बिदेह नगरपालिका १ मौनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेको दुबैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा १६ पिस नाईट्रोभेट ट्याबलेट बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।