अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १४ गते।
आज पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २८ हजार ६०९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार ७६५ पुगेको छ ।