अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,साउन १४ गते।
भगवानपुर गाउँपालिकामा कार्यरत रहेका करारका कर्मचारीहरुलाई म्याद थप नगर्दा आन्दोलित भएका छन्। स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एकासी कर्मचारीहरुलाई हटाउदाँ बिचल्ली भएका छन्।
पालिका अध्यक्ष उग्रनारायण यादवलाई एक सप्ताह अगाडि हटाइएका कर्मचारीहरुले पुनः काजमा फर्काउन र म्याद थप गरी करार कर्मचारीहरुलाई कार्यको जिम्मेवारी दिई कार्य संचालन गर्न आग्रह गरेका छन्।
करार कर्मचारी संघर्ष समितिले ४ दिन देखि पालिका अगाडी शान्तिपुर्ण धर्नामा बसिएका छन्। हटाईएका करारका कर्मचारीलाई पाँच राजनीति दलहरुले समर्थन गरिरहेका छन्।
शुक्रबार कार्यालय अगाडि धर्नामा बसेर कार्यालय प्रवेश निशेधमा रोक लगाउदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले धर्नामा बसिएका कर्मचारीहरुलाई हटाइएका छन्।
प्रहरीले हस्तक्षेप गर्न खोज्दा कर्मचारीहरुले स्थानीय सरकार मुर्दा वाद पुलिस प्रशासन मुर्दा वाद, हटाइएको करार कर्मचारीलाई पुनः बहाली गर लगायतका माग राखदै आन्दोलित भएका छन्। करारका कर्मचारीहरुले भगवानपुरको मुख्य चौकमा स्थानीय सरकार विरुद्ध टाईर वालेर प्रदर्शन गरेका थिए।
पुनः बहाली गरिएन भने निरन्तर तालाबन्दी लगायत विभिन्न कार्यक्रम गरिने चेतावनी दिएका छन्।संयुक्त पाँच दल र नेकपा एमालेका पालिका संयोजक सुर्य नारायण यादव संग दोहोरो भनाभन र गाली गलौज समेत भएको थियो। केही बेर पालिकाका अगाडी तनावग्रस्त भएका थिए। झन्डै प्रहरीले दुबै पक्षको झगडालाई रोकिएका थिए।