अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १४ गते।
पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।
भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो । भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा दिनेश कार्तिकले अविजित ४१ रन बनाए ।
सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ तथा ऋषभ पन्तले १४ रन बनाए । वेस्ट इन्डिजका लागि अल्जारी जोसेपले २ विकेट लिए ।
यस जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।