अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,साउन १७ गते।
सिरहाको बिष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महतलाई पालिका अध्यक्ष सत्यनारायण यादव लगायत पालिकाको कर्मचारी,कार्यपालिका सदस्य निर्वाचित वाडा अध्यक्षहरुले अधिकृत महतलाई भब्य स्वागत गरेका छन्।
पालिकाले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि अधिकृत महतलाई स्वागत गरेका छन्।केहि महिना अगाडी अधिकृत महतलाई सोही ठाउँबाट अर्कै ठाउँमा सरुवा भएका थिए।महत पुरानै पालिकामा फर्किदा स्वागत तथा सम्मान गरिएका छन्।
सोमबार देखी पालिकामा हाजिरी भएरका अधिकृत महत नियमिति पालिकाको काम सुचारु गर्ने पालिका अध्यक्ष यादवले बताए।