अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार १७ गते।
पाकिस्तानी सेनाले बेपत्ता सेनाको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । उक्त हेलिकोप्टरमा सवार सबै ६ अधिकारी र सैनिक मारिएको जनाएको छ । मारिएका अधिकारीहरूमा १२ कोरका कमाण्डर लेफ्टिनेन्ट जनरल सरफराज अली पनि थिए।
पाकिस्तानी सेनाले प्रारम्भिक अनुसन्धानमा खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको पाइएको जनाएको छ । पाकिस्तानी सेनाले हेलिकप्टर मार्फत बलुचिस्तानको लासबेला भन्ने ठाउँमा राहत कार्यकालागिरहेको थियो । सोमबार राति एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क विच्छेद भएको थियो । केहि समय पछि त्यहाँ हेलिकप्टरको भग्नावशेष फेला त्यहाँ परेको थियो ।
यसअघि पाकिस्तानी सेनाको हेलिकप्टर बेपत्ता भएको विषयमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले सेना प्रमुख जनरल कमर जावेद बाजवासँग फोनवार्ता गरेका थिए ।