नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध, बाटो खुलाउन अझ केही समय लाग्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २० गते।

नारायणगढ–मुग्लिन सडकखण्ड चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

हेभी एक्युप्मेंट दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने उद्धार मा खटिने प्रहरीको भनाइ छ ।

साता सोमबार यही स्थानमा पहिरो जाँदा यात्रुहरु झण्डै २४ घण्टासम्म जाममा परेका थिए । बुधबार पनि पहिरो गएर बाटो अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *