अवधी प्रतिष्ठान स्थापना गर्न आयोगले सिफारिस गर्छ : अध्यक्ष डा.दत्त

अनलाईन न्युजपाटी प्रिन्स मिश्र ,कपिलवस्तु,समाचारदाता,साउन  २० गते।

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले अवधी भाषाको प्रबर्धन गर्न प्रतिष्ठान स्थापना गर्न आयोगले नेपाल सरकारमा सिफारिस गर्ने बताउनुभएका छन् |

लुम्बिनी प्रदेशको नेपालगंजमा आयोजना गरिएको ५२५ औं तुलसी जयन्ती तथा तृतीय अन्तरदेशीय अवधी महोत्सवको प्रमुख अतिथिको रुपमा सहभागी भएका अध्यक्ष डा.दत्तले आयोगलाई भाषा, कला र संस्कृतिको सम्बर्धन, संरक्षण तथा सशक्तिकरण गर्ने आयोगको दायित्व रहेको र सो दायित्वलाई निर्वाह गर्दै अवधी भाषालाई प्रबर्धन गर्न आयोगले कुनै कसर बाँकी नराख्ने समेत बताउनुभएका छन् |

अध्यक्ष डा.दत्तले लुम्बिनी प्रदेशका स्थानीय पालिकाहरुले अवधी भाषालाई यथाशिघ्र कामकाजको भाषा बनाउन, पाठ्यक्रममा अवधी भाषालाई समेट्न ढिला गरेको र अब छिटै कार्यान्वयनमा ल्याउनु पर्ने समेत बताउनुभएका छन्|

अध्यक्ष डा.दत्तले अवधी भाषालाई प्रबर्धन गर्न आयोगले आयोगका सदस्य तथा लुम्बिनी प्रदेशका संयोजक विजय गुप्ताको नेतृत्वमा विशेष रणनीति बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् |

 

सो महोत्सवले ७ बुंदे घोषणा पत्र जारी गर्दै मधेशी आयोग मार्फत नेपाल सरकारलाई कार्यान्वयन गर्न अनुरोध समेत गरेको छ | सो महोत्सवमा नेपाल भारतका करिब १५० जना अवधी भाषाको अगुवाहरुको सहभागिता रहेको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *