अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,साउन १९ गते।
सिरहाको भगवानपुर गाउँपालिकाबाट हटाइएको करार कर्मचारीहरुले पुनः बहालीको माग राखिदै मसला जुलुस प्रदर्शन गरेका छन्। स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एक्कासी कर्मचारीहरुलाई हटाउदाँ बिचल्ली भएका छन्।
पालिका अध्यक्ष उग्रनारायण यादवलाई एक सप्ताह अगाडि हटाइएका कर्मचारीहरुले पुनः काजमा फर्काउन र म्याद थप गरी करार कर्मचारीहरुलाई कार्यको जिम्मेवारी दिई कार्यसंचालन गर्न आग्रह गरेका थिए। करार कर्मचारी संघर्ष समितिले ७ दिन देखि पालिका अगाडी शान्तिपुर्ण धर्ना देखि विभिन्न किसिमको कार्यक्रमहरु गर्दै आएका छन्।
हटाईएका करारका कर्मचारीहर लाई पाँच राजनीति दल,जसपा ,एकीकृत समाजवादी,बहुजन शक्ति पार्टी,जनमत पार्टी, माओवादी केन्द्र लगायत राजनीति दलहरुले आन्दोलन गर्न समर्थन जनाएका हुन्। स्थानीय सरकार मुर्दा बाद, पुलिस प्रशासन मुर्दावाद हटाइएका करार कर्मचारीहरुलाई पुनः बहाली गर लगायतका माग राखदै आन्दोलित भएका छन्।
आन्दोलनकर्ताहरुलाई राजनीति दलहरुले समर्थन गरिरहेका छन्। बिगत १० दिन देखि निरन्तर कुनै न कुनै कार्यक्रमहरु गर्दै आएका छन्।करारका कर्मचारीहरुले भगवानपुरको मुख्य चौकमा स्थानीय सरकार विरुद्ध टाईर वालेर प्रदर्शन गरेका थिए। पुनः बहाली गरिएन भने निरन्तर तला बन्दी लगायत विभिन्न कार्यक्रम गरिने चेतावनी दिएका छन्।स्थानीय सरकारको पुतला दहन समेत गरेका थिए।