अनलाईन न्युजपाटी,सुदूरपश्चिम,समाचारदाता,भदौ १ गते।
सुदूरपश्चिम प्रदेश सरकारले बुधबार भदौ १ अर्थात् ओल्के पर्वको दिन सार्वजनिक बिदा दिएको छ। ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ। आज सुदूरपश्चिम प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।
साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।
ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।
सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न कोसेली दिने चलन रहिआएको छ।