अनलाईन न्युजपाटी ,महेश सिंह सिरहा,समाचारदाता,भदौ १ गते।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न.२ स्थित रहेको बाबा गरिबनाथ महादेव मन्दिरमा दौड प्रतियोगिता गरी बाबालाई जल चढाउन सफल भएका प्रथम, दोस्रो, तेस्रो भक्तजन युवालाई वडा न.२ का अध्यक्ष तनुक लाल यादवद्धारा संमान तथा प्रमाणपत्र चांदीको सिलडबाट सम्मान गरेका आयोजक समितिले बताए।
प्राचीन काल देखि धार्मिक आस्था बोकेका श्री श्री १००८ श्री बाबा गरिबनाथ महादेव मन्दिरमा प्रत्येक बर्ष श्रावण महिनाको सोमबारका दिन धार्मिक आस्था भएका हिन्दु धर्मावलम्बीहरुले नजीक रहेका नदि / जलाशयहरुमा स्नान गरि बालालाई जल चढाउनले परम्परा रहेका छन्।
समाजिक स्तरमा सोठियाईनका उक्त बाबा गरिबनाथ महादेव मन्दिर निकै पुरानो र शक्तिशाली रहेको स्थानीय बासीहरुको जनबिश्वास रहेका छन्। दौड प्रतियोगितामा सहभागी हुने मध्येबाट प्रथम,दोस्रो,तेस्रो हुनेलाई अध्यक्ष तनुक लाल यादव लगायत सदस्यहरुद्धारा सम्मान गरेका थिए।