अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १ गते।
नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।
अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ भने युरो एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६पैसा रहेको छ ।
पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५२ रुपैयाँ ९२पैसा र बिक्री दर १५३ रुपैयाँ ६४पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३३ रुपैयाँ ७५ पैसा र बिक्री दर १३४ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै आजको सुन र चाँदीको मूल्य यस प्रकार रहेको छ। सुन प्रति तोला ९६,७०० तेजाबी सुन ९६,२०० र चाँदी १,२२० प्रति तोला रहेको छ।