अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,भदौ २ गते।
ज्यान मार्ने र डाँका मुद्दाका फरार रहेका २ जना अभियुक्त धनुषाबाट पक्राउ परेका छन्। पक्राउ परेका दुवै जना धनुषा कमला नगरपालिका वडा नं. ३ लग्मा बस्ने वर्ष ४२ को अरुण भण्डारी, अर्का वर्ष २८ को भुल्ला भन्ने विजय भण्डारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। दुवै जना लग्मा बजारबाट पक्राउ परेका छन।