धनुषामा सात हजार सुरक्षाकर्मी परिचालन हुने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक २८ गते।

धनुषामा आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई लक्षित गरी सात हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला भर दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

मंसिर १ देखिदेखि प्रत्येक मतदान स्थलमा सुरक्षाकर्मी पुग्ने छन् । मतदानस्थललाई चार वटा सुरक्षार्मीले सुरक्षा दिने छन् । यी चारै निकाय मिलाएर सात हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन हुने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार १७ सय नेपाल प्रहरी र ३५ सय म्यादी प्रहरी परिचालन हुने छन् । नेपाली सेना, सशस्त्र प्रहरी र अपराध अनुसन्धान प्रहरी गरी सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।

उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा १३ सय कर्मचारीको दरले खटाइएको छ । यस पटक पनि मतदानस्थलमा दुई वटा लाइनबाट मतदान हुने छन् । यद्यपि कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर मतदान गराइने उनले बताए । उनका अनुसार यसपालि मतदानस्थल आपाङ्गमैत्री पनि हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *