अनलाईन न्युजपाटी ,सिरहा,समाचारदाता,मंसिर १५ गते।
सिरहाको बरियापट्टीमा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ।
आज बिहान बरियारपट्टी गाँउपालिका-३ बजारदेखि ७ सय मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।
स्थानीयले बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए।
शिशु छोरा रहेको २ किलो ८ सय ग्राम तौल रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानकारी दिए। शिशुलाई जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको बताइएको छ।
नवजात शिशु कसको र किन फ्यालिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपीले बताए ।