अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस १३ गते।
जयनगर-जनकपुर रेल चढ्ने क्रममा वैदेही स्टेशनमा किचिएर एक यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् ।
विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेपछि ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।